पर्वतको मोदी गाउँपालिका वडा नं ३ लाङ्दीमा पहिरोले घर पुरिँदा दम्पती बेपत्ता भएका छन् ।
आज बिहान करिब ४ बजेतिर पहिरोले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता भएकी हुन् । ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् ।
सुतिरहेको अवस्थामा पहिरोले घर पुरिँदा उनीहरु दम्पती बेपत्ता भएको गाउँपालिका अध्यक्ष हिरादेवि शर्माले बताइन् ।