कास्की कारागारमा कैदीबन्दीको नाराबाजी
जन्मभुमि खबर ,
पोखरा ।
राजनीतिक चलखेलबाट चौकीदार छानिएको भन्दै कास्की कारागारमा कैदीबन्दीहरुको नाराबाजी गरेका छन् ।
कास्की कारागारको क’ ब्लकमा चौकीदार अजय गुरुङ नियुक्त गरिएको भन्दै प्रकाश गुरुङ पक्षले नाराबाजी गरेका हुन् ।
नाइके परिवर्तन गर्नुपर्ने, लमजुङबाट ७८ जना स्थानान्तरण गरेर ल्याउँदा असहज भएको गुनासो कैदीले राखेको बुझिएको छ ।