जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा बस र मोटरसाइकल ठोक्किदा कास्कीका पौडेलको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

जन्मभुमि खबर ,
पोखरा ।

तनहुँमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

म्याग्दे गाउँपालिका-१ स्थित थर्पुबाट दमौली आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको  ग १७ प ५१४६ नम्बरको मोटरसाइकल बुधबार दिउँसो साढे ३ बजे आपसमा ठोक्किएका हुन् ।

उक्त ठक्करबाट मोटरसाइकल चालक कास्की माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकका २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको हो ।

उनलाई उपचारका लागि प्रादेशिक अस्पताल दमौली पठाइएको थियो। त्यहाँ पुग्दा अस्पतालले मृत घोषित गरिदिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

बस चालक तनहुँ शुक्लागण्डकी नगरपालिका-१० का ३४ वर्षीय तारापति शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।