जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनको मूल्य प्रतितोला १६ सय घट्यो

जन्मभुमि खबर ,

पोखरा ।

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ घटेर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला एक लाख ९० हजार ९०० रुपैयाँमा करोबार भएको थियो ।

आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको छ । आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।