जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सहकारी ठगको सम्पत्ति र राहादानी रोक्का राखिने

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले सहकारी ठगी प्रकरणका आरोपितको राहादानी रोक्का गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट पेस गर्दै बचतकर्ताको रकम अपचलन गर्ने सहकारीको सम्पत्ति लिलाम र आरोपितको राहदानी समेत रोक्का गरिने बताएका हुन् ।

सहकारीको सम्पत्ति बिक्री गरिने र उक्त रकम पीडित परिवारलाई हस्तान्त्रण गर्ने गरी चक्रीय कोष पनि स्थापना गरिएको अर्थमन्त्री पौडेलले बताए ।