जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जन्मभुमि खबर ,
पोखरा ।

सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लाई थुनामुक्त गर्न आदेश दिएको छ ।

आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मिश्रले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा शुक्रबार भएको सुनुवाइपछि सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको ५ नम्बर इजलासमा न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा मुद्दाको सुनुवाइ भएको हो । मिश्रको पक्षमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सतिश खरेल, गोविन्द्र बन्दी, राजु बस्नेत र विष्णु भट्टराईले बहस गरेका थिए ।

उनीहरूले मिश्रलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने जिकिर गरेका थिए । १५ चैतमा काठमाडाैंको तीनकुनेमा दुई जनाको ज्यान जानेगरी हिंसा भड्काएको आरोपमा मिश्र सोही दिन राति पक्राउ परेका थिए ।