जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाई हेर्दाहेर्दैमा

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्दा हेर्दाहेर्दैमा परेका छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लामिछाने जोडिएको मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

उक्त मुद्दा बिहिबार हेर्दाहेर्दैमा परेको थियो । बिहिबार रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी सम्बद्ध  उक्त मुद्दामा लामिछाने लगायत प्रतिवादी पक्षलाई पेसीको सूचना नै नदिई सुनुवाई भएको थियो । लामिछाने पक्षलाई थाहा नदिएपनि उक्त मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो ।

आज पनि पेशी तोकिएको मुद्दामा लामिछानेको कानुन व्यवसायीले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै आपत्ति जनाएका थिए । लामिछानेका पक्षमा बहस गरेका वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले आफूहरुलाई जानकारी नै नदिई मुद्दाको पेशी तोकेको सुनुवाइ स्थगित गर्न माग गरेको थिए भने जाहेरकर्ताका तर्फबाट बहस गरेका वकिलहरुले त्यसको प्रतिवाद गरेका थिए ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत पोखरा पुगेको थियो भने लामिछाने समेत आफूलाई साधारण तारेख माग गर्दै उच्च पुगेका थिए । ती दुवै निवेदनलाई एकैसाथ अघि बढाइएको छ ।