जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पृथ्वीचोकको चाईनापुलबाट सेति नदिमा हाम्फालेका युवकको उद्दार

जन्मभुमि खबर ,

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर १० पृथ्वीचोक स्थित चाईनापुलबाट सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरी बलले उद्दार गरेको छ ।

पहिचान नखुलेका अन्दाजी २१ वर्षिय युवकले शुक्रबार राती सेती नदीमा हाम फालेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापन टोलीले राती ९:३५ बजेको समयमा रोप रेस्क्यू प्रयोग गरि ती युवकको उद्दार गरिएको सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक(डिएसपी) एवं सह प्रवक्ता शैलेन्द्र थापाले बताए ।

उनका अनुसार अन्दाजी १ सय मिटर तल सेती नदीको खोंचबाट अर्धचेत अवस्थामा उद्दार गरिएका ती युवकलाई  उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।