जन्मभुमि खबर ,
पोखरा ।
पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना मृत्यु भएका तीनैजनाको सनाखत भएको छ ।
मृत्यु हुनेमा पोखरा २५ हेम्जाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी–५ की ४५ वर्षीया तिलकुमारी आचार्य र धादिङको निलकण्ठ–२ का १५ वर्षीय आगम गुरुङ रहेका छन् ।
त्यस्तै घाइते हुने ८ जनामा कास्की पोखरा–१४ का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमति ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ–१३ का ३५ वर्षीय राजु मगर रहेका छन् ।
त्यस्तै घाइते भएकामध्य पोखरा–२५ का २७ वर्षीय आईतसिंह गुरुङ, निलकण्ठ–१३ का १९ वर्षीय सुदिप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ भने डिस्चार्ज भएका छन् ।
धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रो बुधबार दुर्घटना भएको हो । लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो ।
प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । ‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने ।
पोखरा ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु