जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रोबस दुर्घटना हुँदा ३ जनाको मृत्यु

जन्मभुमि खबर ,
पोखरा ।

पृथ्वी राजमार्गअन्तर्गत कास्कीको पोखरा महानगरपालिका–३२, लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मृतकमध्ये पोखरा–२५ हेम्जाकी ५१ वर्षीय साङमाया गुरुङको मात्र सनाखत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख इन्स्पेक्टर शोभा पाण्डेयले जानकारी दिइन् ।

अरु दुई जना मृतकको सनाखत भएको छैन ।

धादिङबाट पोखरातर्फ आउँदै गरेको ग१ज ८६३० नम्बरको माइक्रो बुधबार दुर्घटना भएको हो । लामेआहाल सडक खण्डबाट तल खेतमा खसेको थियो ।

दुर्घटनामा चालकसहित आठजना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । घाइते चारजनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकोमा तीनजनाको निधन भएको हो । बाँकी सात जना घाइतेको पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जाँचमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने शंका गरिएको छ । ‘हावाहुरीसहित पानी परिरहेका बेला तीव्र गतिका अनियन्त्रित भएर पल्टिएको जस्तो देखिन्छ’, एसपी ओलियाले भने उनीहरुमध्ये ३ जना डिस्चार्ज भइसकेका छन् ।