जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

जन्मभुमि खबर ,

पोखरा ।

कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बुधबार बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

विज्ञहरूले यो भूकम्पलाई मध्यम प्रकृतिको भूकम्प मानेका छन्। उनीहरूका अनुसार भूकम्पको उत्पत्तिको गहिराइ र केन्द्रविन्दुका आधारमा यसको थप अध्ययन भइरहेको छ।

साथै भूकम्पबाट सजग रहन र अनावश्यक त्रास फैलाउन अनुरोध गरिएको छ ।