जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले गर्यो लाठीचार्ज

जन्मभुमि खबर ,

पोखरा ।

ग्वार्कोस्थित ईपीएस कोरिया शाखामा धर्ना दिन गएका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ । ईपीएसको भाषा परीक्षा पास गरिसकेको १८ महिना बित्दा पनि कोरिया जान नपाएको भन्दै धर्नामा बसेका युवालाई प्रहरीले लाठीचार्ज गरेको हो ।

प्रदर्शनका क्रममा सडक नै बन्द गरेपछि लाठीचार्ज गर्नु परेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक श्याम अधिकारीले दाबी गरे । ‘५०/६० जनाको समूहले बाटो नै बन्द गरेर हामीले बाटो सञ्चालन गराउन लाठीचार्ज गरेका हौं,’ अधिकारीले भने,‘ बाटो अवरोध नगरी माग राख्नुभन्दा नमानेपछि बल प्रयोग गर्नु परेको हो । ’