जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

प्रधानमन्त्री ओलिले गरे ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त

जन्मभुमि खबर ,
पोखरा ।

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् । गृहमन्त्री रमेश लेखकमार्फत् राजीनामा मागेका ओलीले राज्यमन्त्रीले राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

“मलाई गृहमन्त्रीले फोन गरेर प्रधानमन्त्रीले तपाईंको राजीनामा माग्नुभएको छ भनेर भन्नुभयो, मैले मलाई प्रधानमन्त्रीले बनाएको हो र ? किन राजीनामा दिने ? मलाई पार्टीले मन्त्री बनाएको हो । सभापतिज्यू आएपछि कुरा गर्छु भनेँ,” “अहिले हटाएको भन्ने सुन्छु तर आधिकारिक जानकारीमा छैन ।”

ऊर्जा राज्यमन्त्री तामाङले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउन नहुने अडान राख्दै आएका थिए भने केही दिनअघि सचिव सुरेश आचार्यले आफ्नो अपमान गरेको भन्दै स्पष्टीकरण सोधेका थिए ।