जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा दुई रुपैयाँ र डिजेलमा एक रुपैयाँ घट्यो

जन्मभुमि खबर,
पोखरा ।

पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

अब पोखरामा पेट्रोलको मुल्य प्रतिलिटर १५८ रुपैयाँ डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर १४५ रुपैयाँँ पर्नेछ ।

एपी ग्यास पनि घटेर आएको छ । प्रति सिलिण्डर १५ रुपैयाँले घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।  एलपी ग्यासको खुद्रा ब्रिकी मूल्य यथावत राखिएको छ ।

त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।