जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पत्रकार रजकको पोस्टमार्टम : गोली भेटिएन, जलेर मृत्यु भएको पुष्टि

जन्मभुमि खबर ,
पोखरा ।

चैत १५ गते तीनकुनेमा जलेको अवस्था मृत भेटिएका २९ पत्रकार सुरेश रजकको शरीरमा गोली नलागेको पोस्टमार्टम रिपोर्टबाट खुलेको छ ।

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोटमा गोली उनलाई नलागेको खुलेको एक चिकित्सकले बताए ।

“शरीर जलेर, फोक्सोमा धुवाँको मुस्लो छिरेको पाइयो । शरीरमा कुनै गोली लागेको छैन । अगाडि मारेर पछि आगो लागेको देखिएन । आगोले जलेरै उनको मृत्यु भएको खुल्यो,” अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले भने ।

ती चिकित्सकले अगाडी थपे, ‘श्वासप्रश्वासको नलीमा धुँवाको मुस्लो गएको देखियो । जब आगो लाग्यो, उहाँ जीवित नै हुनुहुन्थो भन्ने कुराको पुष्टि भयो । उहाँको मृत्युको कारण जलेर भएको हो ।’

आगलागीमा परेर मृत्यु भएका रजकलाई गोली पनि लागेको हल्लापछि चिकित्सकले पोस्टमार्टम गर्नुअघि एक्सरे गर्नुपर्ने अडान लिएका थिए ।