जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अनिश्चितकालीन आन्दोलनमा उत्रिए शिक्षकहरू

जन्मभुमि खबर ,
पोखरा ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकले अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । विद्यालय शिक्षा ऐन जारी गर्ने माग राखेर शिक्षकहरूले आजदेखि सडक आन्दोलन सुरु गरेका हुन् ।

शिक्षकहरू माईतीघर मण्डलामा भेला भएर बिजुली बजार पुल सम्म प्रदर्शन गरेका थिए । हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न दबाब दिन गत फागुन २४ गते शिक्षकहरूले काठमाडौं केन्द्रित प्रर्दशन गरेका थिए। तर हिउँदे अधिवेशन अन्त्य भइसकेको छ ।

आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आफ्ना माग पूरा नभएसम्म प्रर्दशन जारी राख्ने घोषणा गरेका छन् ।

एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने, सरकारले गर्ने कुनै कार्यक्रममा सहभागी नहुने, विद्यालयले लिएको कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने, नजिता प्रकाशन नगर्ने जनाएका छन् ।

उनीहरूले विद्यालय तहसम्मको अधिकार स्थानीय सरकार मातहत राख्न नहुने माग राखेका छन् । शिक्षकको दरबन्दी केन्द्र सरकारअन्तर्गत हुनु पर्ने र शिक्षकको १० बर्षमा आवधिक बढुवा हुनु पर्ने पनि उनीहरूको माग छ ।