जन्मभुमि खबर ,
पोखरा ।
भारतको कश्मिरमा आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवलका सुदिप न्यौपानेको शव नेपाल ल्याइएको छ ।
अहिले उनको शव अन्त्येष्टिका लागि त्रिवेणी घाट तर्फ लगिएको छ। आमा, बहिनी र ज्वाईँसहित भ्रमणका लागि शनिवार काश्मिर पुगेका सुदिप माथि आंककारीहरुले धर्म सोधेर गोली हानेका थिए ।
सुदिपका ज्वाईँ युवराज काफ्लेका अनुसार उनीहरुलाई आंककारीहरुले हिन्दु कि मुस्लिम भन्दै छुट्याउन लगाएका थिए । सुदिपले आफू हिन्दु भएको बताएपछि आंककारीहरुले ताकेर गोली हानेका थिए ।
सुदिपसँगै पहलगाममा पुगेका अन्य २७ जनाको हत्या गरेका थिए ।
सुदीपको शव भारतको नयाँदिल्लीबाट लखनउसम्म हवाईमार्गबाट र त्यहाँबाट बेलहिया नाकासम्म सडक मार्ग हुँदै नेपाल ल्याइपुर्याइएको थियो ।