जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कक्षा १२ को परीक्षा नरोकिने

जन्मभुमि खबर ,

पोखरा ।

सरकारले पूर्वनिर्धारित समयमै कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस्तो निर्णय लिएको हो ।

शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षाबारे संशय बढिरहेको बेला आज बिहान बोर्डको बैठक बसेको थियो । उक्त बैठकले यही ११ वैशाखदेखि हुने गरी पूर्वनिर्धारित गरिएको परीक्षा नरोक्ने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज बिहान बसेको बैठकले पूर्वनिर्धारित परीक्षा नरोकिने निर्णय गरेको हो ।

उता मुलुकभरका शिक्षकहरू भने विद्यालय शिक्षा ऐनलगायतको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलनमा छन् । शैक्षिक हड्ताल घोषणा गरी आन्दोलनमा होमिएका शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म शैक्षिक गतिविधिमा नफर्कने बताउँदै आएका छन् ।

यही बीचमा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन् । जसका कारण शिक्षक आन्दोलनबारे विभिन्न कोँणबाट टिप्पणी भइरहेको छ ।