सुनको मुल्यले बनायो फेरि नयाँ रेकर्ड
जन्मभुमि खबर ,
पोखरा ।
नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्यले प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको हो ।
बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज एकैदिन तीनहजार ९०० रुपैयाँ बढेको हो ।
आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।