जन्मभुमि खबर ,
पोखरा ।
राजावादीहरुले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन् । परिसरमा भएको केहि सवारीसाधनमा समेत आगजनी गरेको जनाइएको छ ।
तीनकुनेको प्रदर्शन भड्कीएपछि विभिन्न ठाउँमा आगजन र तोडफडमा निस्किएका छन् । तीनकुनेमा नीजि भवनमा आगजन गरेका राजावादीहरुले नेकपा एसको पार्टी कार्यालय, कोटेश्वरको भाटभट्नमा पनि आगजनी तथा लुटपाट गरेका छन् ।
राजावादीहरु तोडफोड र आगजनीमा उत्रिएपछि अहिले तीनकुने, कोटेश्वर र सिनामंगलमा प्रशासनले कफ्र्यु जारी गरिसकेको छ ।