जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

‘प्रचण्ड’ को तस्बिर जलाउने एक जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जलाएको आरोपमा प्रहरीले एक जना युवालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरीले राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई भरतपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

शनिबार हेटौंडामा भएको कार्यक्रममा उनले प्रचण्डको तस्बिरमा आगो लगाएका थिए ।