जन्मभुमि खबर ,
पोखरा ।
पोखराको सेदी स्थित बसपार्कमा खुडाँ हान्ने एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा पोखरा १७ बिरौटा बस्ने २२ वर्षीय मनिष ठकुरी रहेका छन , उनको साथमा रहेको खुडाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले गत शनिबार एक जना ब्यक्तिलाई धारिलो हतियार खुडाँ प्रहार गरेका थिए ।
ठकुरीलाई ज्यान मार्ने उद्योग मुद्दामा जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ ।