जन्मभुमि खबर ,
पोखरा ।
रसुवाको भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा कास्की जिल्लाका १४ जना सम्पर्कविहीन भएका छन् । कास्कीबाट त्यस क्षेत्रमा पुगेका १४ जना नागरिकहरू सम्पर्कविहीन भएका विवरण आफन्तले प्रशासनमा टिपाएका हुन् । बाढी आएपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएका उनीहरूको खोजीका लागि परिवारजनले जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिएका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जानकारी दिए ।
काम, भ्रमण तथा अन्य प्रयोजनका सिलसिलामा रसुवा पुगेका आफ्ना आफन्तहरू सम्पर्कविहीन भएको जानकारी सहितको विवरण आफन्तले प्रशासनलाई जानकारी गराएका छन् । तिमध्ये कास्की जिल्ला घर भएकामात्रै १० जना छन् भने अन्य ४ जना कास्कीमा बसोबास गर्दै आएका तर स्थायी घर कास्की नभएकाहरू पनि छन् ।