जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पर्वतमा १४ र पाँचथरमा १६ वर्षीया दुई किशोरीमाथि बलात्कार, २ युवक पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पर्वतमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–९, बनौका १९ वर्षीय विजय फगामीमगर छन् ।

१४ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । आइतबार (चैत १०) दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको मंसिर ३ गते उनले बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी पाँचथरमा पनि बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिका–४ का २६ वर्षीय दोर्ण रसाइली छन् ।

१६ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (चैत ९) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

फिदिम नगरपालिका–२, रमितेडाँडास्थित रमिते होटेलको कोठामा बिहीबार (चैत ७) बालिकाको बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।