जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरा न्युरोडमा रहेको कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी ( भिडियो सहित )

जन्मभुमि खबर ,

पोखरा ।

पोखराको न्यूरोडमा आगलागी भएको छ । न्यूरोडस्थित कम्प्युटर र प्रिन्टर मर्मत गर्ने पसलमा आगलागी भएको कास्कीका सूचना अधिकारी वसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार क्षतिको विवरण आइसकेको छैन । आगो निभाउन पोखरा महानगरपालिकाको दमकल, सुरक्षा निकाय र स्थानीयहरू भेला भएका छन् ।

थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।