जन्मभुमि खबर ,
पोखरा ।
आज महाशिवरात्री पर्व । वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले महादेवको पूजाआराधना गरी मनाउँदै छन् । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरूको आज बिहानैदेखि पोखराको पुम्दिकोट शिवको मन्दिरमा दर्शनार्थीहरूको घुइँचो छ ।
