जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तनहुँमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

जन्मभुमि खबर ,

पोखरा ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–७, मालेबगरमा आइतबार (आज) टिपरले ठक्कर दिँदा स्कुटरमा सवार आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नंको टिपरले ग १८ प ७७५२ नंको स्कुटरलाई ठक्कर दिएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार पोखरा महानगरपालिका–३२, लेखनाथकी ४१ वर्षीया अप्सरा क्षेत्री मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

दुर्घटनामा स्कुटर चालक दीपेशकुमार क्षेत्री घाइते भएका छन् । उनी मृतक अप्सराका छोरा हुन् । उनको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । टिपरले प्रदेश ०१–०२२ च ६७७८ नंको कारलाई समेत ठक्कर दिएको छ । घटनापश्चात् टिपर चालक धादिङ जिल्ला निलकण्ठ नगरपालिका–२ भुलभुले बस्ने बर्ष ४० का प्रकाश गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।