जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

कास्कीमा स्वरुप परिवर्तन(मोडिफाई) गर्ने ४७ मोटरसाइकल प्रहरी नियन्त्रणमा

जन्मभुमि खबर ,
पोखरा ।

जिल्ला प्रहरी कार्यालय कास्कीले गत ६ दिनमा स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको मध्ये धेरै बुलेट बाइक र क्रस फायर बाइक रहेका छन् ।

नियन्त्रणमा लिइएकाहरु पहिलो पटकेदेखि चौथो पटकेसम्म रहेको र उनीहरुमाथि कारवाही पक्राउ सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले
जानकारी दिएको छ ।

गत असोज २१ गतेदेखि अभियान नै सञ्चालन गरेर स्वरुप परिवर्तन गर्ने चालक, मोटरसाइलकसहित वर्कशपलाई समेत कारवाही गरिएको एसपी थापाले बताए ।

उनकाअनुसार हालसम्म स्वरुप परिवर्तन गर्ने २ हजार ३५ मोटरसाइकललाई कारवाही गरिसकिएको छ ।

स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सिट, रंग, स्वरुप, नम्वर प्लेट, लुकिङ ग्लास, सक,ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनी प्रदुषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को वमोजिम १५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मोटरसाइकललाई कारवाही गरिएको एसपी थापाले जानकारी दिए ।