जन्मभुमि खबर ,
पोखरा ।
दलितको लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको गेटबाट सुनार पक्राऊ परेका हुन् ।
अन्तरजातीय विवाह गरेका सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारको जोडीको लापग न्याय माग्दै उनी सोमबार दिउँसो संसद भवन प्रवेश गर्ने प्रयास गरेका थिए । उनले सतेन्द्र राम र नेहा रौनियारमाथि गृहमन्त्रीकै निर्देशनमा दमन भएको आरोप लगाउँदै आएका छन् ।