जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटना, १७ जना घाइते

जन्मभुमि खबर ,

पोखरा ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस धुलिखेलस्थित बतासेमा दुर्घटना हुँदा चालक सहित १७ जना घाइते भएका छन् ।

२४ जना सवार बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ः२० बजेको समयमा अनियन्त्रित भई सडकको कुनामा पल्टिएको छ ।

घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह-चालकको टाउकोमा गभ्मीर चोट छ ।

घाइतेहरुको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।