जन्मभुमि खबर ,
पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही पुगेका छन् । बुटवलको सुप्रिम सहकारी अपचलनमा आफूविरुद्ध मुद्दा दायर भएपछि लामिछाने बयानका लागि रुपन्देही पुगेका हुन् ।
उनी भोलि (बुधबार) आफैँ अदालतमा उपस्थित हुने जनाइएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालत कास्कीबाट ६५ लाख तथा काठमाडाैंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडाैंको आदेशबमोजिम ६० लाख रुपैयाँ धराैटी बुझाएर रिहा भएका थिए ।
बुटवलको सुप्रिम सहकारी ठगीमा पनि मुछिएपछि उनी बयानका लागि त्यसतर्फ गएका हुन् । लामिछानेसहित २२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता भएको थियो ।