जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

यौनदुर्व्यहारजन्य म्यासेज पठाउने इनड्राइभका चालक प्रहरी फन्दामा

जन्मभुमि खबर ,

पोखरा ।

अनलाइनमार्फत यौन दुर्व्यवहारजन्य सन्देश पठाउनले राइड शेयरिङ सेवा प्रदायक इनड्राईभका एक चालक प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीले मंगलबार ती चालकलाई पक्राउ गरी कारबाही प्रक्रिया सुरु गरेको छ । प्रहरीले चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराललाई काठमाडौंबाट पक्राउ गरेको हो ।

इनड्राईभ सेवा लिएकी एक युवतीले आफूमाथि शोषण भएको भन्दै उजुरी दिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।