जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

रवि लामिछाने विरुद्ध तेस्रो अदालतमा मुद्दा दर्ता

जन्मभुमि खबर ,
पोखरा ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा अदालतमा मुद्दा दायर गरेको छ । सरकारी वकिल कार्यालयले रास्वपा सभापति रवि लामिछानेसहित ४२ जनाविरुद्ध ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो ।

लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी चार करोड रुपैयाँभन्दा बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता भएसँगै अब लामिछाने रुपन्देही अदालतमा उपस्थित हुनुपर्नेछ ।

लामिछानेविरुद्ध सहकारी ठगी करणमा तेस्रो अदालतमा मुद्दा दर्ता भएको हो । यसअघि उनीविरुद्ध कास्की जिल्ला अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । यी दुई अदालतले उनलाई धरौटीमा रिहा गरेका थिए । अब रुपन्देही अदालतमा थुनछेक बहस हुनेछ । त्यसपछि मुद्दा पुर्पक्षबारे आदेश आउनेछ ।

सुप्रिम सहकारीमार्फत लामिछानेका नाममा दुई करोड रुपैयाँ लिएको भौचर भेटिएको थियो ।

लामिछानेविरुद्ध चितवन जिल्ला अदालत र पर्सा जिल्ला अदालतमा पनि मुद्दा दर्ता हुनेछ । चितवनमा प्रहरी अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरिसकेको छ । उता पर्सामा भने अनुसन्धान जारी छ ।