जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखराको साईमन पार्टि प्यालेसको पैसा चोरी गर्ने २ जना पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

पोखराको पार्टि प्यालेसको कार्यालयबाट चौध लाख चौहतर हजार चोरी गरेको आरोपमा दुई जना पक्राउ परेका छ्न ।

सिर्जनाचोक स्थित रहेको साईमन पार्टि प्यालेसको कार्यालय कक्षमा रहेको काठको र्‍याकमा राखेको पैसा चोरी गरेर भागेका थिए ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भीरकोट नगरपालिका वडा नम्बर ३ घर भएकी २९ वर्षीया पूजा श्रेष्ठ छन् । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा प्रहरीले माघ १३ गते बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिका नगरस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरूसँग नगद १२ लाख ५२ हजार ५८० रुपैयाँ र तीनवटा मोबाइलसमेत बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनामाथि चोरी तथा डाँका मुद्दामा अनुसन्धान गर्न माघ १३ गतेदेखि लागु हुने गरी ६ दिनको म्याद थपिएको छ । घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।