जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पेट्रोलमा दुई र डिजेलमा तीन रुपैया बढ्यो

जन्मभुमि खबर ,

पोखरा ।

 

नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँले वृद्धि गरिएको छ ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् ।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५३ रूपैयाँ ५० पैसा पर्नेछ ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६४ रूपैयाँ प्रतिलिटर पर्नेछ। डिजेल-मट्टीतेलको प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ ।

तेस्रो वर्गअन्तर्गत पोखरा ,काठमाडौं र दिपायल क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको भाउ १६५ रूपैयाँ प्रतिलिटर पर्नेछ । डिजेल-मट्टीतेलको प्रतिलिटर १५६ रूपैयाँ पर्नेछ ।

बढेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ।