जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

आशिका तामाङ पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

आशिका तामाङ पक्राउ परेकी छिन् । अभद्र व्यवहारको निवेदनका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले नियन्त्रणमा लिएको हो ।

सामाजिक सञ्जालमा आफूलाई पक्राउ गर्न प्रहरी आएको भिडियो राखेकी तामाङले  आफूहरु प्रहरीसँगै प्रहरी वृत्त गौशाला गइरहेको बताइन् ।

पछिल्लो समय नेपालमा चौतर्फी बेतिथि रहेको र त्यो बेतिथिको भण्डाफोर गर्न भन्दै जर्मनीबाट नेपाल आएकी तामाङसहित उनको टिमले सार्वजनिक निकायमा भइरहेका बेतिथि र महंगीबारे प्रश्न उठाउँदै आएकी थिइन् । सोही क्रममा केही दिन अघि अधिकार सम्मन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेकी उनी र त्यहाँका कर्मचारीबिच नोँकझोँकसमेत भएको थियो ।

उनीसहितको टिमले ‘राष्ट्रिय सचेत नागरिक अभियान’ नामक संस्था बनाएर ७७ जिल्लामा भइरहेका बेतिथिको भण्डाफोर गर्ने भन्दै सार्वजनिक आह्वान समेत गरेको थियो ।