जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुर्यदर्शन सहकारी ठगी काण्ड : एमालेकी पुर्व सांसद मीना गुरूङ घरबाट पक्राउ

जन्मभुमि खबर ,
पोखरा ।

गण्डकी प्रदेशकी पूर्व सांसद एमालेकी मीना गुरूङ पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले स्राेतका अनुसार गुरूङलाई मंगलबार दिउँसाे पोखरा महानगरपालिका–१२ रानीपौवा घरबाट नै पक्राउ गरेकाे हाे ।

मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

समितिको कार्यकालमा सहकारी सञ्चालनको मूल्य मान्यताविपरीत बचतकर्ताको हितविपरीत व्यक्तिगत लाभका लागि बचत रकम गरी सो ऋण रकम असुलउपर समेत नगरी हिनामिना गरेको ठहर छ ।

यसैगरी सोही ठगी  काण्डमा पोखरा महानगरपालिका–२७ घर भएर चिप्लेढुंगा बस्ने आरती गुरुङ सूर्यदर्शनको पूर्वकोषाध्यक्ष हुन् । ४६ वर्षीय आरतीलाई पनि पहरीले पोखराबाट पक्राउ गरेको हो । उनीहरू सूर्यदर्शन सहकारीको पूरक अभियोग पत्रमा फरार प्रतिवादी थिए । बुधबार उनीहरूलाई अदालतमा उपस्थित गराइने एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।