जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माइक्रोबस दुर्घटना, १२ जना घाइते

जन्मभुमि खबर ,
पोखरा ।

 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा माइक्रोबस दुर्घटना हुँदा १२ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट नारायणगढ जाँदै गरेको बा २ ख २८२९ नम्बर को हाईस धादिङ जिल्ला गल्छि गाउँपालिका ७ गल्छिमोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सहित १२ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरिका प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । घाइतेहरु मध्य ७ जनालाई सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

अन्यको भने स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ ।