जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

अदालतमा रवि लामिछानेको बयान सकियो

जन्मभुमि खबर ,

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । जिल्ला अदालत कास्कीमा उनको दुई दिन देखि बयान जारी थियो ।

गत आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ४० जना विरुद्ध विभिन्न कसुरमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालत कास्कीले लामिछानेको बयान सकिएको  बतायो ।

‘लामिछानेको हकमा बयान सकियो । अहिले उहाँले बयान रुजु गरिरहनु भएको छ,’ अदालत स्रोतले भन्यो । अब बाँकी प्रतिवादीको बयान सकिए पछि रविसहित सबै विरुद्ध थुनछेक बहस सुरु हुनेछ । लामिछानेलाई पोखराको सूर्यदर्शन ठगीको आरोप लगाएर सरकारले कात्तिक २ गते काठमाडौँबाट गिरफ्तार गरेको थियो ।