जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा महिलाको बलात्कार गरेको आरोपमा एक युवक पक्राउ , अर्का एकजना फरार

जन्मभुमि खबर ,
पोखरा ।

कास्कीमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३, काहुँखोलामा बस्दै आएका गोरखाको सिरानचोक गाउँपालिका–४ का २० वर्षीय विक्रम नेपाली छन् ।

२६ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । शनिबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

दुई व्यक्तिले ती महिलाको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । आरोपितमध्ये विक्रमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एकजना फरार रहेका र उनको खोजी तथा अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।