जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

टिकटक बनाउने क्रममा शिक्षिका र विद्यार्थीले गुमाए ज्यान

जन्मभुमि खबर ,
पोखरा ।

खोला किनारामा टिकटक बनाउने क्रममा एक शिक्षिका र विद्यार्थीले ज्यान गुमाएका छन् । शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया शिक्षिका नर्स रविना राजवंशी र त्यही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो।

शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे । दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।

खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।