जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुन र चाँदी दुवैको सामान्य मूल्य घट्यो

जन्मभुमि खबर ,
पोखरा ।

बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ सय र चाँदी १० रुपैयाँ सस्तो भएको हो ।

योसँगै आज छापावाल सुन १ लाख २० हजार ८ सय र तेजाबी सुन १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ ।