जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बिस्तारै खुल्न थाल्यो पहिरोले थुनिएको कास्कीको किम्रोङ खोला

जन्मभुमि खबर ,
पोखरा ।

पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ ।

थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए । विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको प्रवक्ता गुरुङले बताए ।

खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार राति ९  बजेदेखि पहिरोले खोलामा पानी थुनिएको थियो ।