जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

बढ्यो सुन चाँदीको मूल्य

जन्मभुमि खबर ,
पोखरा ।

नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।

आज छापावाल सुनको मूल्य एक लाख सात हजार ६०० र तेजावी सुनको मूल्य एक लाख सात हजार १०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार  छापावाल सुन एक लाख सात हजार ३०० र तेजावी सुन एक लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।