नेपाल विधालय कर्मचारी परिषद् कास्कीकाे प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा बास्तोला
विवेक न्याैपाने
नेपाल विधालय कर्मचारी परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीको प्रमुख अतिथ्यतामा सम्पन्न कास्की जिल्लाको बैठक एवं जिल्ला अधिवेशन शनिबारका दिन शिवशक्ति क्याम्पस पाेखरा ११मा सम्पन्न भएकाे हाे।
जिल्ला बैठकमा जिल्लाका विभिन्न विधालयको कर्मचारीको उपस्थिति थियो।प्रमुख अथिती कार्तिक महिना भित्रै केन्द्रको अधिवेशन पनि सम्पन्न गर्ने, निकै लामो संघर्षका बाबजुद पनि यो बिभेदकारी सरकार यो बिभेदकारी ऐन सँग जुधेर यहाँ सम्म आएका छौ र अझै हामी संगठन बिस्तार गरेर अगाडी बढने योजना गर्नु भयो बैठकमा केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ, महिला उपाध्यक्ष सरिता रेग्मी पौडेल , अर्थ संयोजक श्याम महर्जन र बाग्मती प्रदेश अध्यक्ष रामशरण फुयालको उपस्थिति रहेको थियो।
संघ र प्रदेशको आशन्न निर्वाचनमा आफ्नो माग प्रत्येक राजनीतिक दल सँग राखेर अगाडि बड्ने निचोड भयो । केन्द्र र जिल्ला बिच सामिप्यता बढाउन एस्तै बैठकको आयोजना गर्ने र हरेक आन्दोलनमा कास्किको गहन भुमिका हुने परिषदका अध्यक्ष हरिश्चन्द्र बास्तोलाले बताउनु भयो ।
गन्डकी प्रदेश स्तरिय कमिटी अब हरेक जिल्लाको प्रतिनिधित्व हुने गरेर गठन गर्ने र कास्की जिल्ला परिषदकै पहलमा सम्पन्न हुने कास्की जिल्लाका सचिव किशान भण्डारीले जनाउनु भयो।
कार्यक्रम संचालक कास्की जिल्लाका सचिव किशान भण्डारीले गर्नु भएको थियो।