जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

माछापुच्छ्रे गाउँपालि अध्यक्ष कप भलिबल प्रतियोगिता हुने।

विवेक न्याैपाने
माछापुच्छ्रे गाउँपालिका भलिबल संघ कास्कीको आयोजनामा माछापुच्छ्रे गाउँपालिका वडा नं: २ भुर्जुङ्खोलामा हुने भएकाे छ ।

गण्डकी प्रदेश अन्तर पालिका स्तरिय पुरूष भलिबल प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप-२०७९ यहि भाद्र ३० गते देखि असाेज१ गते सम्म हुने प्रतियोगिताकाे प्रथम पुरस्कार रू.२ लाख सहित ट्रफी,मेडल र प्रमाण पत्र र द्वितिय
पुरस्कार रू.१ लाख २० हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र रहने छ ।

सेमिफाइनल उपविजेतामा २ टिमलाई ३०/३० हजारकाे दरले रकम प्रदान गरिनेछ ।विधागत तर्फ उत्कृष्ट खेलाडी ७ हजार र उत्कृष्ट स्पाइकर,मिडल ब्लकर,डिफेन्डर,सेटर,सर्भर,प्रशिक्षक प्रत्येकलाई ५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिता सम्बन्धि सम्पुर्ण जानकारी संस्थाका अध्यक्ष राम बहादुरले जानकारी दिनुभयाे ।