जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ । जसको प्रभावले गण्डकी प्रदेश, प्रदेश १, मधेश प्रदेश र बागमती थोरै स्थानहरुमा चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी प्रदेश , बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।