जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

सुनचाँदीको मुल्य स्थिर

स्थानीय बजारमा केही दिनदेखि उकालो लागेको सुनको मूल्य शुक्रबार स्थिर रहेको छ । गत कारोबार दिन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजो पनि तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि हिजोकै मूल्यमा कारोबार भइरहेको छ । हिजो प्रतितोला एक हजार १७५ रुपैयाँमा करोबार भएको चाँदी आज प्रतितोला सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।