जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

पोखरामा आज २ स्थानमा कोरोना विरुद्धको बुष्टर डोज खोप लगाइदै


जन्मभुमि खबर ,
पोखरा ।

पोखरामा आज पनि कोरोना भाइरस विरुद्धको बुष्टर डोज खोप वितरण हुने भएको छ ।

पोखरा महानगरपालिकाभित्रका विभिन्न २ स्थानबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ ।

शहरी स्वास्थ केन्द्र १२ माटेपानी र शहरी केन्द्र १५ नयाँगाउँ बाट खोप वितरण हुने
भएको छ ।

एस्ट्राजेनेका,कोभिशिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको तीन महिना पूरा भएका र जोन्सन खोपको एक मात्रा लगाएर तीन महिना पूरा भएका व्यक्तिलाई बुष्टर डोज दिइने भएको छ ।

खोप लगाउन जाने व्यक्तिलाई खोपकार्ड लिएर आउन आग्रह गरिएको छ ।