जन्मभुमी को आबाज || आबाज बिहिनकाे आबाज

तोलामा चार सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजारमा सुनको मुल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा चार सय रुपैयाँले घटेको हो ।

मुल्य घटेसँगै आज सुन तोलामा ९७ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन तोलामा ९७ हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै तेजाबी सुन पनि तोलाको ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ। चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २५० मा कारोबार भइरहेको छ ।